Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शिया धर्मगुरुको राजीनामा घोषणापछि झडप, बीस जनाको मृत्यु

एजेन्सी । इराकका एक जना प्रभावशाली शिया धर्मगुरुले राजनीतिबाट राजीनामा दिने घोषणा गरेपछि उनका सयौं क्रुद्ध अनुयायी र सुरक्षा बलबीच सोमबार भएको झडपमा २० जना प्रदर्शनकारीको मृत्यु भएको छ।

दोहोरो झडपमा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन्। धर्मगुरु मुक्तादा अल-सद्रप्रति बफादार प्रदर्शनकारीहरूले

सरकारी भवनबाहिर तोडफोडसहित हिंसात्मक प्रदर्शन गरेपछि इराकको सेनाले राष्ट्रव्यापी निषेधाज्ञा जारी गरेको छ।

यद्यपि हिंसात्मक गतिविधि रोकिएका छैनन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि सम्बन्धित सबैलाई हिंसात्मक गतिविधि परित्याग गर्न तथा मतभेद विर्सेर वार्तामा बस्न आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077