Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एसिया कप : अफगानिस्तानद्धारा बंगलादेश ७ विकेटले पराजित

एजेन्सी । एसिया कप अन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा अफगानिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ ।बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ९ बल बाँकी छँदै तीन विकेट गुमाएर लक्ष्य भेट्टायो।

उसका लागि नजिबुल्लाह जद्राले सर्वाधिक अविजित रहँदै सर्वाधिक ४३ रन बनाउँदा इब्राहिम जर्दानले ४२ र हज्रातुल्लाह जजइले २३ रन बनाए।

बलिङतर्फ सकिब अल हसन, मोहम्मद सैफुद्दिन र मोसाद्देक हुसैनले समान एक–एक विकेट लिए।

त्यसअघि युएईको शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।

उसका लागि मोसाद्देक होसिनले अविजित ४८ रन बनाउँदा मोहमुल्लाहले २५, म्हेदी हसनले १४, अफिफ होसिनले १२ रन बनाउँदा अन्य खेलाडीले दोहारो अंकमा रन जोड्न सकेनन्। जितसँगै अफगानिस्तान समूह ‘बी’को अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077