Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सडकको नालीमा युवक मृत अवस्थामा भेटिए

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक युवक मृत अवस्थामा भेटिएका छन् ।

मंगलबार राति करीब साढे १० बजेतिर स्थानीय २५ वर्षीय बमबहादुर धामी मृत अवस्थामा भेटिएका हुन् ।

बेलुका घर नफर्किएपछि खोजी गर्दा मध्यपहाडी लोकमार्ग अन्तरगत विनायक बजार नजिकै पर्ने मुख्य सडकको नालीमा धामी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077