Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगे कानुनमन्त्री काेइराला

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटवार्ता गरेका छन्।

प्रचण्डलाई भेट्न कोइराला आज विहान खुमलटार पुगेका हुन्। उनीहरुबीच झण्डै एक घण्टा छलफल भएको जनाइएको छ।

प्रचण्डसँग कोइरालाले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकका बारेमा छलफल भएको जनाएको छ। यससम्बन्धी विधेयक संसदमा दर्ता भएको छ।

पीडितहरुले द्वन्द्वकालीन दोषीहरुलाई उन्मुक्ति दिने प्रावधान घुसाएर यस्तो विधेयक ल्याइएको भन्दै विरोध गरिरहेका बेला मन्त्री कोइराला र अध्यक्ष प्रचण्डबीचको भेटलाई अर्थपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077