Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दैनिक सो बढाउँदै ‘प्रकाश’, आज प्रचण्डले हेर्दै

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रकाश’ले गति समातेको छ । गत शुक्रबारबाट रिलिज भएको चलचित्रले दैनिक सो बढाउँदै लगेको छ ।

‘वर्ड अफ माउथ’ माउथ राम्रो हुनु, राम्रो समीक्षा आउनु र सँगै रिलिज भएका चलचित्रमा दर्शकको आकर्षण नहुँदा ‘प्रकाश’को सो थपिँदै गएको छ ।

सुरुमा भने यो चलचित्रले तुलनात्मक रूपमा अन्य सिनेमालेभन्दा कम सो पाएको थियो ।

‘लाइगर’लाई दर्शकले साथ नदिएपछि र ‘राधा’मा पनि दर्शकले खासै धेरै चासो नदिएपछि ‘प्रकाश’को सो थपिँदै गएको हो । सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा शुक्रबार १३ सो पाएको ‘प्रकाश’ले शनिबार २१ सो पाएको थियो ।

आइतबार बढाएर क्यूएफएक्सले २३ सो दियो भने सोमबार २७ सो उपलब्ध गरायो । मंगलबार ३० वटा सो पाएको ‘प्रकाश’ले आज ३१ वटा सो पाएको छ ।

नेता तथा बौद्धिक वर्गले पनि चलचित्र हेरेर राम्रो फिड्ब्याक दिएकाले पनि सिनेमा हेर्नेको संख्या बढेको छ ।

गगन थापा, रवीन्द्र मिश्रलगायतले चलचित्र ‘प्रकाश’ हेरिसकेका छन् । आज साँझ ५ बजे विश्वज्योती सिनेमा हलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चलचित्र हेर्ने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले पनि अनुकूल समयमा चलचित्र हेर्ने बताएका छन् ।

दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘प्रकाश’मा प्रदीप खड्का, दीया मास्के, रेणु योगीलगायत कलाकार मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077