Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

चोलेन्द्र जबराले सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिए : मिन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका सचेतक मिन विश्वकर्माले महाअभियोगको प्रतिरक्षाका लागि निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताएका छन्।

उनले प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधवार बयान दिने क्रममा प्रधानन्यायाधीश जबराले आफ्नो प्रतिरक्षाका लागि सीमाभन्दा बाहिर गएर भनाइ राखेको बताएका हुन्।

प्रधानन्यायाधीश जबराले अभियोगको काम कारबाही किन ढिलो गरेको भन्दै प्रश्न गरेको उनले बताए।

सचेतक विश्वकर्माले महाअभियोग प्रस्तावको प्रतिरक्षा गर्ने क्रममा भनिएका सबै कुरालाई समितिले समान्य रुपमा लिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077