Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य मन्त्रालयले भन्यो - डेंगु तीव्र रूपमा फैलिइरहेकाले सतर्क रहनू

काठमाडौं । डेंगु संक्रमण तीव्र रूपमा फैलिइरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्क रहन अपिल गरेको छ ।

मन्त्रालयकाअनुसार ०७८ माघयता भदौ १४ गतेसम्म दुई हजार आठसय २७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये जेठ १५ यता मात्रै एक हजार चारसय ४० जना संक्रमित थपिएका छन् ।

यो वर्ष बागमतीमा सबैभन्दा धेरै एक हजार छसय ९७ जना डेंगु संक्रमित भएका छन् । लुम्बीनी प्रदेशमा छसय ६२ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ६८ जिल्लाहरूमा एक वा एकभन्दा बढी डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।

यो वर्ष डेंगु प्रकोपकै रूपमा फैलिइरहेकाले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077