Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिट बाँडफाँट : गठबन्धनका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन, बिहीबार टुंगो लगाउने सहमति

    सिट बाँडफाँट : गठबन्धनका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन, बिहीबार टुंगो लगाउने सहमति

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 765
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि सहमति जुटाउन पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि निष्कर्षविहीन टुंगिएको छ ।

    बुधबार साँझ सिट बाँडफाँट कार्यदलका सदस्यहरुसहित बसेको बैठक पनि निष्कर्षविहीन टुंगिएको हो । कार्यदलले सिट बाँडफाँटमा सहमति जुटाउन नसकेपछि शीर्ष नेतासहित कार्यदलको बैठक बसेको थियो ।



    छलफल सकारात्मक रहेको तर, टुंगो लाग्न भने बाँकी रहेको बैठकमा सहभागी नेताहरुले बताएका छन् । चुनावी तालमेल गर्दा आफूहरुले १०० सिट पाउनुपर्ने दावी नेपाली कांग्रेसले गरेको छ ।



    माओवादीले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटको दावी गरेका छन् । बुधबार कार्यदलका सदस्यहरुलाई तयारी अवस्थामा राखेर शीर्ष नेताहरु छलफलमा जुटे पनि कुनै पनि दलले दाबी नछोडेपछि बैठक निष्कर्षविहीन टुंगिएकको हो ।

    बिहीबार बिहान ११ बजे बस्ने बैठकले बाँडफाँटबारे टुंगो लगाउने सहमति भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार