Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति भण्डारी र माधव नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

बुधबार साँझ भएको भेटवार्तामा नागरिकता विधेयकको विषयमा छलफल भएको बताइएको छ ।

नागरिकता विधेयक संसदमा फिर्ता पठाएपनि संसदले फेरि हुबहु पारित गरेपछि राष्ट्रपतिले यसबारेमा दलहरुसँग परामर्श गर्दै आएकी छन् ।

यसअघि राष्ट्रपतिले काँग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, लोसपालगायतका दलसँग परामर्श गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077