Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारत एसिया कपको सुपर–४ मा

एजेन्सी । विराट कोहली र सूर्यकुमार यादवको अर्धशतकप्रेरित भारतले बुधबार राति हङकङलाई ४० रनले हराउँदै एसिया कपको सुपर–४ मा स्थान पक्का गरेको छ ।

भारत समूह ‘ए’बाट विजेता बन्दै सुपर–४ मा स्थान बनाउन सफल भएको हो । भारतले यसअघि चीरप्रतिद्वन्द्वी पाकिस्तानलाई हराएको थियो । पाकिस्तान र हङकङबीचको नतिजाले समूह ‘ए’को उपविजेता टिम टुंगो लाग्नेछ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हङकङले टस जितेर बलिङ गर्ने निर्णय लिएको थियो । त्यसपछि ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १९२ रन बनाएको थियो ।

१९३ रनको लक्ष्य पछ्याएको हङकङले ५ विकेट गुमाएर १५२ रनमात्र बनाउन सक्यो । यस्तै एसिया कपमा आज बंगलादेशले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘बी’बाट अफगानिस्तानले समूह विजेता बन्दै सुपर–४ मा स्थान बनाइसकेको छ । बंगलादेश र श्रीलंकाबीचको नतिजाले समूह ‘बी’मा उपविजेता टोलीको टुंगो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077