Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालको अस्कर कमिटीले माग्यो अस्कर पठाउने नेपाली फिल्म

काठमाडौँ । ९५औं संस्करणको ‘एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड)’ मा सहभागिताका लागि नेपाली फिल्मको आवेदन खुला भएको छ ।

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै अवार्डको आवेदन खुला भएको जनाएको हो ।

अस्करमा आफ्नो फिल्म पठाउन इच्छुक नेपाली फिल्मकर्मीले भदौ १६ गतेदेखि ३० गतेभित्र नेपालको अस्कर कमिटीलाई फिल्म बुझाउन सक्नेछन् ।

९५औं अस्कर अवार्ड २०२३ मार्च १२ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा प्रदान गरिने आयोजकले जनाएको छ । हरेक वर्ष फेब्रुअरीमा हुँदै आएको ‘अस्कर अवार्ड’ कोरोना महामारीका कारण गत वर्ष दुई महिना पछाडि धकेलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077