Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सिभिल सहकारी ठगी प्रकरण : तामाङको ५ अर्बको सम्पत्ति अवैध

    सिभिल सहकारी ठगी प्रकरण : तामाङको ५ अर्बको सम्पत्ति अवैध

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 921
    SHARES

    काठमाडौं । सिभिल सहकारी ठगी प्रकरणमा मुछिएका व्यवसायी एवं नेकपा एमालेका पूर्वसांसद इच्छाराज तामाङले झण्डै ५ अर्ब बराबर गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा ठगी तथा गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा दायर हुने भएको छ ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तामाङविरुद्ध ४ अर्ब ७० करोड बिगो दाबी गरी बिहीवार विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको हो ।



    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानले तामाङ, उनकी श्रीमती सिर्जना शाक्य र छोरीहरु प्रतिक्षा र प्रतिसा पनि विपक्षी बनाइएका छन् ।



    तामाङले ४ अर्ब ७० करोड सम्पत्तिको स्रोत देखाउन नसकेपछि उक्त सम्पत्ति सिभिल सहकारीमार्फत ठगी गरी आर्जन गरेको निष्कर्षसहित मुद्दा दायर हुन लागेको हो । शुरूमा प्रहरीमा १३७ जना पीडितको ७० करोड ८७ लाख रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेको थियो ।

    सीआईबीले तामाङलाई पक्राउ गरेपछि उजुरी दिने पीडितहरू थपिएर १४ सय ७१ जना पुगेका थिए । निक्षेपकर्ताले सहकारीमा जम्मा गरेको ५ अर्ब ८४ करोड ४० लाख २१ हजार ७ सय १३ रुपैयाँ हिनामिना गरेको आरोप तामाङमाथि छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार