Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • इच्छाराज तामाङसहित तीन जनालाई थुनामा राख्न विषेश अदालतको आदेश

    इच्छाराज तामाङसहित तीन जनालाई थुनामा राख्न विषेश अदालतको आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असोज २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । सिभिल सहकारीको अर्बौ ठगी मुद्दामा व्यापारी तथा पूर्व सांसद इच्छाराज तामाङसहित तीन जनालाई थुनामा राख्न विषेश अदालतले आदेश दिएको छ ।

    अदालतमा हाजिर भएका तामाङ, उनकी श्रीमती सृजना तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा राख्न आदेश दिएको हो। ठगी र संगठित अपराध कसुरमा थुनामा रहेका सिभिल सहकारीका अध्यक्ष एवं पूर्वसभासद इच्छाराज तामाङसहित ६ जना विरुद्ध ५ अर्ब ६७ करोड ५५ लाख २४ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको थियो।



    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङ, उनका परिवारका सदस्य र आफन्तको नाममा रहेको अर्बौंको सम्पत्ति जफत गर्न माग दाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।



    विभागले विशेष अदालतमा दायर गरेको मुद्दामा इच्छाराज तामाङ, उनकी श्रीमती सिर्जना शाक्य (तामाङ), छोरीहरू प्रतिक्षा तामाङ र प्रतिष्ठा तामाङ, मामाससुरा केशवलाल श्रेष्ठ (सिभिल सहकारीका तत्कालीन अध्यक्ष) एवं माइजू सासू (केशवलालकी पत्नी) मीनाकुमारी श्रेष्ठका नाममा रहेको झण्डै ५ अर्ब बराबरको चल–अचल सम्पत्ति जफत गर्न माग दाबी लिइएको छ ।

    विभागले इच्छाराजविरुद्ध ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२, पत्नी सिर्जनाको नाममा १ अर्ब ३० करोड ९३ लाख ९५ हजार ८०२, छोरीहरू प्रतिक्षाको नाममा ६ करोड ४७ लाख ४६ हजार २५० र प्रतिष्ठाको नाममा १ करोड ८९ लाख १८ हजार ६४६ रुपैयाँ बिगो कायम गरेको छ ।

    यस्तै, उनका मामा–सुसरा पर्ने केशवलालको नाममा २६ करोड ६१ लाख ४५ हजार ५३० तथा माइजूसासू मीनासमेतको नाममा गरी कूल ४ अर्ब ९७ करोड ७७ लाख ९९ हजार १७२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

    पुसमा जिल्ला अदालत काठमाडौंले तामाङलाई ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको थियो। तामाङ लगायत ४२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो।

    निक्षेपकर्ताले सहकारीमा जम्मा गरेको ५ अर्ब ८४ करोड ४० लाख २१ हजार ७ सय १३ रुपैयाँ हिनामिना गरेको आरोप तामाङमाथि छ ।  ठगी मुद्दामा गत असोज १९ गते सीआईबीले तामाङलाई पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार