Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सिभिल सहकारी ठगी प्रकरण

    सम्पत्ति शुद्धीकरणको मुद्दामा इच्छाराज तामाङ दोषी ठहर

    सम्पत्ति शुद्धीकरणको मुद्दामा इच्छाराज तामाङ दोषी ठहर

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 495
    SHARES

    काठमाडौं । नेकपा एमालेका पूर्वसांसद समेत रहेका सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेका हुन् ।



    विशेष अदालत उनको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो।



    विशेष अदालतले उनीमाथि ३ वर्षभन्दा बढी सजाय हुनसक्ने भन्दै कसुर निर्धारणका लागि २१ माघमा अर्को इजलास तोकिएको छ ।

    १६ भदौ २०७९ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तामाङसहित उनकी श्रीमती सिर्जना शाक्य तामाङ तथा छोरीहरू प्रतीक्षा तामाङ, प्रतिष्ठा तामाङ, केशवलाल श्रेष्ठ र मिना कुमारी सहित ६ जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरेको थियो ।

    तामाङमाथि आपराधिक लाभमार्फत् ३ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको थियो । विभागले उनकी पत्नी सिर्जनासँग एक अर्ब ३ करोड रुपैयाँ बिगो मागदाबी गरेको थियो ।

    जसमध्ये तामाङकी श्रीमती सिर्जना दोषी करार भएकी छिन् भने छोरीहरू प्रतीक्षा र प्रतिष्ठाले सफाइ पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार