Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सिभिल सहकारी प्रकरण : एमाले पूर्वसांसद इच्छाराज तामाङकी पत्नी पनि पक्राउ

    सिभिल सहकारी प्रकरण : एमाले पूर्वसांसद इच्छाराज तामाङकी पत्नी पनि पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका पूर्वसांसद समेत रहेका सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन् ।

    ठगी सम्बन्धी कसूरमा फरार रहेकी तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । शाक्य संस्थामा लेखा समिति सदस्य थिइन् ।



    सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार सिभिल सहकारीमा भएको पाँच अर्ब बढी ठगीमा शाक्यसहित १२ जना प्रतिवादी थिए । त्यही कसूरमा फरार रहेकामा उनलाई पक्राउ गरिएको महतोले बताए । सिर्जनाविरुद्ध जिल्ला अदालत काठमाडौंले २०७८ पुस २७ गते पक्राउ पूर्जि जारी गरेको थियो। इच्छाराजसँगै उनलाई पनि निक्षपकर्ताको बचत रकम ठगी गरेको मुद्दामा प्रतिवादी बनाइएको थियो ।



    इच्छाराज भने पहिल्यै पक्राउ परेका छन् । जिल्ला अदालतले इच्छाराज र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। पक्राउ परेका अन्य भने धरौटीमा छुटेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार