Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 951
    SHARES

    काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ ।

    अब निगमले सोही मूल्य सूचीअनुसार आईओसीलाई खरिद हुने तेलको रकम भुक्तानी गर्नुपर्नेछ ।



    बिहीबार (सेप्टेम्बर १) बाट लागू हुनेगरी आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजल ६ रुपैयाँ १२ पैसा बढेर आएको छ ।



    नयाँ मूल्य अनुसार अब निगमलाई डिजलबाट हुने नोक्सानी बढेर प्रतिलिटर १२ रुपैयाँ पुगेको छ । त्यस्तै पेट्रोलको नाफा घटेर प्रतिलिटर २ रुपैयाँमा सीमित भएको छ ।

    आयल निगमका अनुसार मट्टितेल, हवाई इन्धनको मूल्य पनि सामान्य बढेर आएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर १ सय रुपैयाँ घटेर आएको छ ।

    आईओसीले हरेक १५–१५ दिनमा आयल निगमलाई मूल्य सूची पठाउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार