Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कप : बंगलादेशलाई हराउँदै श्रीलंका सुपर फोरमा

एजेन्सी । श्रीलंका एसिया कपको पुपर फोरमा प्रवेश गरेको छ । बंगलादेशलाई दुई विकेटले हराउँदै श्रीलंका युएईमा जारी टी(२० एसिया कप २०२२ को सुपर फोरमा स्थान बनाएको हो।

जितको लागि १ सय ८४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९.२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो ।

यो जितसँगै श्रीलंका समूह बी को उपविजेता भएर सुपर चारमा प्रवेश गरेको छ । यसअघि लगातार दुई जित निकाल्दै अफगानिस्तान समूह विजेताका रूपमा अघिल्लो चरण प्रवेश गरिसकेको छ ।

यता समूह ए बाट भारत अपराजित रहँदै सुपर फोरमा पुगिसकेको छ । आज हुने हङकङ र पाकिस्तानबीचको विजेता टोलीले सुपर फोरमा पुग्ने अन्तिम टोली हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077