Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बैतडीको पाटन नगरपालिकामा बस दुर्घटना

बैतडी । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ८ हरिचन मोडमा बस दुर्घटना भएको छ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको मेलौली तर्फ आइरहेको पवनदुत यातायातको ना ७ ख २५७० नम्बरको बस आज बिहान करिब ५ बजेतिर दुर्घटनामा परेको हो ।

४५ यात्रु सवार बस सडकबाट करीब ५ मिटर तल खसेको छ। बस दुर्घटनमा परे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा परेका सबै यात्रुको उद्धार गरिएको छ।   बसका चालकलाई प्रहरीले नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077