Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भदौ २१ भित्र उम्मेदवार सिफारिस गर्न जिल्लालाई राप्रपा नेपालको निर्देशन

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले आसन्न निर्वाचनको लागि भदौ २१ गते भित्र संघ, प्रदेशको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरी केन्द्रमा पठाउन जिल्ला समितिहरुलाई निर्देशन दिएको छ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले यस्तो निर्देशन दिएको हो।

यसै गरि बैठकले आगामी मंसिर ४ गतेको निर्वाचनलाई दृष्टिगत गरी निर्वाचन पूर्व तयारीका सन्दर्भमा समेत विभिन्न निर्णयहरु गरेको छ। साथै महामन्त्री सुशील श्रेष्ठले प्रस्तुत गरेको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा कार्यक्रमलाई समेत बैठकले पास गरेको छ।

कार्यक्रम अनुसार मेचीको काँकडभिट्टाबाट भाद्र ३० गते बिहीबार सुरु हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनवासामा पुगी काठमाडौं आएर यात्राको समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077