Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रोल्पामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

रोल्पा । अटो दुर्घटना रोल्पामा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।

रोल्पा नगरपालिका-२ घट्टेखोलास्थित सडकमा रा १ ह ३०२२ नम्वरको अटो अन्यिन्त्रित भइ दुर्घटना हुँदा रोल्पा नगरपालिका-२ मुलपानी बस्ने २८ वर्षीया ललिता घर्तीको १५ महिने छोरा अनमोल घर्तीको मृत्यु भएको हो ।

घटनामा चार जना घाइते भएका छन् ।

घाइतेमध्ये ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077