एजेन्सी । एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तानले आज (शुक्रबार) हङकङसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘ए’ अन्तर्गत पाकिस्तानले आफ्नो दोस्रो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
आजको खेलमा पाकिस्तानलाई जित निकाल्दै पर्ने दबाब छ । पाकिस्तानले आजको खेलमा पराजित भएमा प्रतियोगिताबाट नै बाहिरिने छ ।
पहिलो खेलमा पाकिस्तान भारतसँग ५ विकेटले पराजित भएको थियो । भारत भने लगातार दुई खेलमा जित निकाल्दै प्रतियोगिताको सुपर चारमा प्रवेश गरिसकेको छ ।
सुपर चारमा पुग्न पाकिस्तानलाई आजको खेलमा जित निकाल्नुपर्ने दबाब छ । प्रतियोगिताको समूह तालिकाको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछन् ।
सुपर चारमा पुगेका टोलीहरुले एक अर्काविरुद्ध खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । समूह ‘बी’ बाट भने अफगानिस्तान र श्रीलंका सुपर चारमा पुगि सकेका छन् ।