Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अनधिकृत संरचना भत्काउँदै ललितपुर महानगर

ललितपुर । ललितपुर महानगरपालिकाले फुटपाथ मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ ।

शुक्रबार महानगरले ललितपुरको लगनखेलमा रहेको महानगरकै भवनमा रहेको एक होटलले नियम विपरीत बनाएको संरचना हटाएको हो ।

सो क्रममा महागरले फुटपाथमा व्यापार नगर्न आग्रह गरेको छ । ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख सिताराम हाछेथुले फुटपाथ मिचेर बनाइएका संरचना हटाउन आफ्नै मातहतको कार्यालयबाट सुरु गरिएको जानकारी दिए।

महानगरभित्र अनधिकृत रुपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्नेहरूलाई भने दशैपछि हटाउने र सूचना जारी समेत भइसकेको उनले बताए ।

महानगरपालिकाले घर–घरमा गएर माइकिङ गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिएको उनले बताए ।

टो–टोलमा गएर अनधिकृत रुपमा निर्माण भएका संरचनाहरु दशैंसम्म हटाउन माईकिङ गरेको हो ।अनधिकृत संरचना कसैले अटेर गरी नहटाएको पाइएमा प्रक्रिया पूरा गरेर महानगरले हटाउने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077