Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाल–भारत सीमामा काँडेतार लगाऔं : रेनुका गुरुङ

काठमाडौं । नेपाल–भारत सीमामा आपराधिक घटना बढेको भन्दै सीमामा काँडेतार लगाउन सत्तारुढ दलकै सांसदले माग गरेकी छिन् ।

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा जसपा सांसद रेनुका गुरुङले भारत–पाकिस्तान, भारत–बंगलादेश जस्तै नेपाल–भारत सीमामा पनि काँडेतार लगाउन माग गरेकी हुन् ।

गुरुङले भनिन्, ‘आतंकवादी हत्याराहरू, मानव तस्कर र सीमा अतिक्रमण रोक्न अनिवार्य काँडेतार बार लगाउन नेपाल सरकारसँग जोडदार माग छ ।’

उनले आफ्नो घरमा विस्फोटक पदार्थ फालिँदा प्रहरीले पटका भनेर गम्भीर रूपमा नलिएको आरोप समेत लगाइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077