Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

त्रिविले स्थगन गर्‍यो भारतका ४ विश्वविद्यालयको समकक्षता

काठमाडौं । त्रिभुवन विश्वविद्यालको पाठ्यक्रम विकास केन्द्रले भारतको विभिन्न शैक्षिक संस्थाबाट आएकालाई समकक्षता दिन स्थगित गरेको छ ।

त्रिविले सिंघानियाल विश्वविद्यालय, मेवार विश्वविद्यालय, साइनाथ विश्वविद्यालय, झारखण्ड र लभ्ली प्रोफेसनल विश्वविद्यालय, पञ्जावबाट उच्च शिक्षा लिएका विद्यार्थीलाई समकक्षता प्रदान गर्न स्थगन गरेको हो।

त्रिवि शिक्षाध्यक्षको कार्यालय पाठ्यक्रम विकास केन्द्रले एक सूचना जारी गर्दै भारतबाट उच्च शिक्षा लिएका विद्यार्थीलाई समकक्षता प्रदान गर्न स्थगन गरेको छ।

सूचनामा विभिन्न तहको शैक्षिक योग्यताको उपाधि लिएका विद्यार्थीलाई केन्द्रबाट प्रदान गरिने समकक्षता हाललाई स्थगन गरिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077