Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

फ्राइडे रिलिज : बक्स अफिसमा भिड्दै 'सम्हालिन्छ कहिले मन' र 'झिँगेदाउ'

काठमाडौं । आज शुक्रबारदेखि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्।

सुर्दशन थापाले निर्देशन गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्म ‘झिँगेदाउ’ प्रदर्शनमा आएका हुन्।

त्रिकोणात्मक प्रेमकथामा बनेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ मा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन, सरोज खनाल, धिरन शाक्य, गौरी मल्ललगायत कलाकारको अभिनय छ। कभर गायक सोनम तोप्देनले यही फिल्मबाट अभिनयमा डेब्यू गर्दैछन्। उनी बलिउडका चर्चित गीतमा कभर संस्करणमा रूचाइएका गायक हुन्।

यो फिल्म गायक सुगम पोखरेलको ‘सम्हालिन्छ कहिले मन’को गीतको नाम सापटी लिँदै तयार पारिएको हो। फिल्ममा उनको स्वरमा शीर्ष गीत सुन्न सकिन्छ।

एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता अमित बस्नेत, परी राना र अजितकुमार थापा छन्। फिल्मको कथा महेश दवाडीले तयार पारेका हुन्।

त्यस्तै, भीमनिधि तिवारीको कृतिमा आधारित फिल्म ‘झिँगेदाउ’मा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्टको मुख्य भूमिका रहेको छ। फिल्ममा केकी र आँचल देउरानी जेठानीको भूमिकामा देखिएका छन्।

सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मका सह-निर्माताको रुपमा सुशिल दाहाल र ईश्वर घिमिरे रहेका छन्। प्रदीप भारद्वाजको पटकथा तथा संवाद लेखेको फिल्ममा अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077