Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीको आग्रह - पहिलो भोट राष्ट्रियता र देशभक्तको पक्षमा गरौं

विराटनगर , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बिगार्न लागेका गठबन्धनका उम्मेदवारहरुलाई भोट नहाल्न आग्रह गरेका छन् ।

राटनगरमा शुक्रबार अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

पहिलो पटक भोट हाल्न लागेका मतदाताहरुले भोट हाल्ने बेला सोच्नुपर्ने ओलीले बताए ।

ओलीले भने, ‘तपाईको पहिलो भोट अपवित्र गठबन्धनलाई पर्नु हुँदैन, विचार, कर्तव्य र दिशाहिन खान पल्केकालाई होइन, पहिलो भोट राष्ट्रियता र देशभक्तको पक्षमा पर्नुपर्छ ।’

उनले सत्ता गठबन्धन अपवित्र रहेको भन्दै गठबन्धनका उम्मेदवारले देश नबनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077