Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कुमारी बैंकले पायो 'एक्सलेन्स इन इ-कर्मस बिजिनेस २०२२' अवार्ड

काठमाडौँ । कुमारी बैंकले एक्सलेन्स इन इ-कर्मस बिजिनेस २०२२ अवार्ड पाएको छ ।

भिसा इन्टरनेशनलद्वारा आयोजित 'लिडर्स कन्क्लेभ पेमेन्ट इनोभेसन फर डिजिटल नेपाल' सम्मेलनमा कुमारी बैंक लिमिटेडलाई 'एक्सलेन्स इन इ-कर्मस बिजिनेस २०२२ अवार्डले सम्मानित गरिएको छ ।

यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा हासिल गरेकोमा प्रदान गरिएको हो ।

आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077