Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आलमको उम्मेदवारीलाई संकेत गर्दै गगनले भने - छाती ठोकेर हो भन्न नसक्ने निर्णय कांग्रेसले गर्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेलमा रहेका मोहम्मद अफताब आलमलाई पार्टीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने बताए छन् ।

आज काठमाडौंमा आयोजित रामलाल जोशीद्वारा लिखित पुस्तक ‘बाआमा’ लोकार्पण कार्यक्रममा बोल्दै महामन्त्रीले यस्तो बताएका हुन् ।

थापाले भने, ‘संविधानले बर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा यो निर्णय हामीले गरेको हो भनेर छाती ठोकेर भन्न नसक्ने कुनै पनि निर्णय हाम्रो पार्टीले गर्दैनौं ।’

कांग्रेसको रौतहटको क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले पुर्पक्षका लागि जेलमा रहेका आलमलाई उम्मेदवार बनाउन सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077