Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तान एसिया कपको सुपर फोरमा, हङकङ १५५ रनले पराजित

एजेन्सी । पाकिस्तान एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । शुक्रबार राति यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई १ सय ५५ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान सुपर चारमा पुगेको हो ।

पाकिस्तानले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको हङकङ १० ओभर ४ बलमा ३८ रनमा अलआउट भयो । हङकङका कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

पाकिस्तानका शादब खानले ४, मोहमद नवाजले ३ विकेट तथा नासिम शाहले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा २ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।

पाकिस्तानका मोहम्मद रिजवान र फकर जमानले अर्धशतकीय पारी खेले । रिजवानले अविजित ७८ तथा जमामले ५३ रन बनाए । हङकङका इशान खानले २ विकेट लिए ।

६ देश सहभागि प्रतियोगितामा समूह ‘ए’ बाट पाकिस्तान र भारत तथा समूह ‘बी’ बाट अफगानिस्तान र श्रीलंका सुपर चारमा पुगेका छन् । हङकङ र बंगलादेश बाहिरीएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077