Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आरजु राणाको नाम बाग्लुङ–२ बाट पनि सिफारिस

    आरजु राणाको नाम बाग्लुङ–२ बाट पनि सिफारिस

    अनलाइन नेपाल
  • शनिबार, १८ भाद्र २०७९
  • 1.3K
    SHARES

    बाग्लुङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस बाग्लुङले उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाएको छ।

    शनिबार सम्पन्न बाग्लुङ क्षेत्र नम्बर २ को नेपाली कांग्रेसको बैठकले प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवासहित १० जनाको नाम प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको क्षेत्रीय सभापति जोकलाल बुढाले बताए ।



    यसअघि उनको नाम कैलाली ५ र बाँके ३ बाट प्रत्यक्षमा लड्न सक्ने गरी उम्मेदवार सिफारिस भएको थियो ।



    कैलाली ५ बाट राणाको नाम एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ भने बाँकेको क्षेत्र नम्बर ३ बाट उनीसहित उपसभापति पूर्णबहादुर खड्का र सहमहामन्त्री किशोरसिंह राठौरको नाम सम्भावित उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।

    यस्तै कांग्रेस डडेल्धुराको शुक्रबार बसेको बैठकले राणालाई प्रतिनिधि सभामा महिलातर्फबाट समानुपातिकका लागि पनि सर्वसम्मत सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार