Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थतन्त्र सहज बन्दै गइरहेको छ, अहिल्यै धेरै वस्तुहरूको आयातमा वृद्धि गर्नु हुँदैन : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

यद्यपि, जोखिम कायमै रहेकाले सजकता अपनाउन पनि उनले सचेत गराए। सहजता देखिएको भनेर अहिल्यै धेरै वस्तुहरूको आयातमा वृद्धि गर्न नमिल्ने उनले बताए ।

‘मुलुकको अर्थतन्त्रमा थप सहजता फिल गरिराखेका छौँ। तर, त्यो सहजतामा हामीले त्यत्तिकै सजकता अपनाउनुपर्ने हुन्छ। हामीले अलिकति सहज भयो भन्दैमा धेरै नै आयात गर्न थाल्यौँ भने हामीलाई त्यही प्रेसर दोहोरिँदैन भन्ने होइन। सहजता सँगसँगै सजकता पनि हाम्रो लागि आवश्यक विषय छ। यस अर्थमा सकारात्मक कुराहरु आइराखेका छन्। पर्यटन गत वर्षभन्दा पछिल्लो ६ महिनामा दोब्बर आएका छन्। केही बस्तुहरुको निर्यात बढेर गएका छन्,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077