Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुराम भट्टराई र डा. गोविन्द केसीबीच आकस्मिक भेट, के भयो कुराकानी ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र डा. गोविन्द केसीबीच शनिबार गोरखामा आकस्मिक भेट भएको छ ।

भेटका क्रममा डा. केसीले आफूलाई चुनावमा जितका लागि शुभकामना दिएको भन्दै डा. भट्टराईले डा. केसीप्रति आभार प्रकट गरेका छन् ।

यस्तै आफूहरूबीच स्वास्थ्य क्षेत्र र समग्र नेपाली समाजकै विकृति/विसंगति विचार आदानप्रदान भएको डा. भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिए । साथै उनले डा. केसीलाई नेपाली गान्धी भनेर प्रशंसा गरेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले आसन्न निर्वाचन गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी थालेका छन् । उनी गठबन्धनको साझा उम्मेदवार बन्ने प्रयासमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077