Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कप : श्रीलंकासँग अफगानिस्तान ४ विकेटले पराजित

एजेन्सी । एसिया कपको सुपर चारको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई चार विकेटले पराजित गरेको हो । सारजाहमा अफगानिस्तानले दिएको १७६ रनको लक्ष्य श्रीलंकाले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ३६ रनको योगदान गरे । त्यस्तै पाथुम निशंकाले ३५ रन बनाए । श्रीलंकाका दनुश्का गुनाथिलाकाले ३३ रन जोडे । अफगानिस्तानका मुजिब उर रहमान र नभिन उल हकले समान दुई/दुई विकेट लिए । त्यस्तै मोहम्मद नाबी र रशिद खानले समान एकरएक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनायो । अफगानिस्तानका लागि रमिउल्लाह गुर्बाजले ८४ रनको अर्धशतकीय इनिङ खेले ।

उनले ४५ बलमा ६ छक्का र ४ चौका प्रहार गरे । त्यस्तै इब्राहिम जाड्रानले ४० तथा नजिबुल्लाह जाड्रानले १७ रन बनाए ।श्रीलंकाका लागि दिल्शन मधुशनकाले दुई विकेट लिए ।

त्यस्तै असिथा फर्नान्डो,महेश थिक्सनाले समान एकरएक विकेट लिए । जितसॅंगै श्रीलंका शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077