Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आयकर र भ्याट छलीको आरोपमा ३ व्यवसायीविरुद्ध उच्च अदालतमा मुद्दा दायर

काठमाडौं । राजश्व अनुसन्धान विभागले आयकर र भ्याट छलीको आरोपमा तीन जना व्यवसायी विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले साढे ५ करोड आयकर र भ्याट छलीको आरोपमा ३ व्यवसायी विरुद्ध मुद्दा दायर गरेको हो ।

काठमाडौंको बसुन्धारामा रहेको दुर्गा ट्रेडर्सका सञ्चालकहरु बिरुद्ध विभागले ५ करोड ४६ लाख ५१ हजार रुपैयाँ मूल्य अभिबृद्धि र आयकर छलीको आरोप लगाउँदै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

ट्रेडर्सका सञ्चालकहरु धीरजकुमार जैसवाल, सुमनकुमार श्रेष्ठ र राहुलकुमार जैसवालले मूल्य अभिबृद्धितर्फ १ करोड ७१ लाख ३२ हजार १७० रुपैयाँ र आयकरतर्फ ३ करोड ७५ लाख १९ हजार १६८ रुपैयाँ छलीको आरोप लगाएको छ ।

मूल्य अभिबृद्धि र आयकर छल्नका लागि फर्मले नक्कली बिल बिजक जारी गरेको विभागको दाबी छ ।

आरोपितहरुसंग सत प्रशित जरीवाना सहित विगो रकम १० करोड ९३ लाख २ हजार ६७६ र कैद सजाय माग गरिएको विभागको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077