Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

घोषणापत्रका लागि शुभेच्छुकसँग एमालेले माग्याे सुझाव

काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्रका लागि पार्टीका सबै शुभेच्छुकसँग सुझावको आह्वान गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित ‘घोषणापत्र मस्यौदा कमिटी’ले घोषणापत्रमा समावेश गरिने विषयवस्तुका सन्दर्भमा समग्र पार्टी पंक्तिलाई आह्वान गरेको हो।

एमालेले यही भदौ १५ गतेसम्ममा सुझाव दिन आग्रह गरेका छन्। पार्टीका सबै निकाय तथा कमिटीहरू, विभागहरू, पार्टीसम्बद्ध जनसंगठन र पार्टीका नेता कार्यकर्तालाई दिइएको समय सकिएको छ।

एमालेले पार्टी कमिटी बाहिर रहेका एमालेका मित्र तथा शुभेच्छुकहरू र आम जनसाधारणहरूसँग पनि सुझाव माग गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077