Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बागलुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुख सुरेन्द्र खड्कासहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

३४ लाख ८० हजार १३२ रुपैयाँ बिगोसहित उपप्रमुख खड्का, तत्कालीन वडाध्यक्ष जीवन आचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत

भीमबहादुर कुँवर, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य सचिव काशीराम शर्माविरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।

ढुंगा, गिट्टी, बालुवाको बिक्री वितरणको लागि सूचना प्रकाशन गर्दा तथा ठेक्का लगाउँदा नेपाल सरकारलाई १७ लाख ४० हजार ६६ रुपैयाँ हानी नोक्सानी गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

प्रदेश सरकारले कानूनबमोजिम तोकेको दरमा सूचना प्रकाशन गरी ठेक्का लगाउनु पर्नेमा सो नगरी बिक्री वितरण दर कम निर्धारण गरी राजस्व संकलन गरेको अभियोगपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077