Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्ड भन्छन् - चुनावपछि यो प्रणाली बदल्न सडकमा जान्छु

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चुनावपछि सडकमा जाने घोषणा गरेका छन् । समाजवादको नेपाली मार्गचित्र विषयक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

‘हेर्नुहोला मैले आफ्नो पार्टीभित्र त भनेकै छु, चुनावपछि म यो प्रणाली बदल्न सडकमा जान्छु’ पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘समाजवादको जे परिकल्पना संविधानमा गर्न खोजेको हो मैले कम्युनिस्ट एकता गर्दाको घोषणपत्रमा पनि समाजवादतिर लाने कुरा छन् ।’

निर्वाचन र शासन प्रणाली बदल्नुपर्ने भन्दै उनले आगामी चुनावपछि आफू सडकमा जाने बताए । अध्यक्ष प्रचण्डले समाजवादको बनिबनाउ मोडल नहुने पनि बताए ।

उनले समाजवादको बनिबनाउ मोडल सदाकालका निम्ती केही पनि नहुने भन्दै त्यसलाई समयअनुसार बदलिदो परिस्थितिअनुसार समाज र आन्दोलनका यात्रीहरुले अनुसन्धान गर्नुपर्ने विषय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077