Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

चितवन- ३ बाट एक मतले प्रचण्डको नाम सिफारिस

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् ।

आइतवार बसेको सो पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले प्रचण्डको नाम एकमतले उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

प्रचण्ड यसअघि २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

उनको नाम यसअघि गोरखा- १ बाट पनि सिफारिस भएको छ ।

यद्यपि प्रचण्डले आफू चितवन-३ बाटै चुनाव लड्ने स्पष्ट गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077