Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई मैले नै घेराबन्दीमा पारेको होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा जबरालाई आफूले नै घेराबन्दीमा पारेको बताएका छन् ।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चोलेन्द्रलाई घेराबन्दीमा पार्ने कामको नेतृत्व आफूले गरेको बताएका हुन् ।

उनले भने, ‘तपाईंहरूले देख्नु भयो, अस्ति चोलेन्द्रशमशेर राणाले संसदीय सुनुवाई समितिमा गएर बयान दिँदा उहाँले भन्नुभयो ।

म घेराबन्दीमा परे । सडकको घेराबन्दीमा परे भनेर भन्न छोडनु भएको छैन । त्यो सडकको घेराबन्दीको नेतृत्व मैले गरेको हो।’

महाभियोग सिफारिस समितिमा चोलेन्द्रले आफूलाई सडकबाट घेराबन्दीमा पारिएका बताएका थिए । सोही बयानप्रति इंगित गर्दै उनले त्यसको नेतृत्व आफूले गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077