Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

११ किलो गाँजासहित नागढुंगाबाट दुईजना पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले ११ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

शनिबार धादिङबाट काठमाडौं आउँदै गरेको बा ४ ख ५९३९ नम्बरको यात्रुबाहक बसमा सवार दुई जनालाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगाबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-१९ वर्षीय सुमन प्रजा र १८ वर्षीय सन्तोष प्रजा रहेका छन् । उनीहरूका साथबाट ११ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । घटनाको थप अनुसन्धान प्रहरी वृत्त थानकोटले अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077