काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावको मिति घोषणा भएपछि संसद निष्क्रिय राख्न तलबभत्ता नलिनरनदिन प्रस्ताव गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आइतबार साँझ यस्तो प्रस्ताव अघि सारेका हुन् ।
तर, राजनीतिक रिक्तता सिर्जना गर्न भने नहुने उनको भनाइ छ । प्रतिनिधिसभा रिक्त रहँदा लोकतन्त्र धरापमा पार्ने हर्कत भएको कटु अनुभवबाट सिकेर संविधानसभामा वृहद छलफल गरेरै अर्को निर्वाचित सभा नबनेसम्म पुरानै कायम राख्ने सहमति भएको उनले बताए ।
‘विगतमा प्रतिनिधिसभा रिक्त रहॅदा लोकतन्त्र धरापमा पार्ने हर्कत भएको कटु अनुभवबाट सिकेर संविधानसभामा वृहद छलफल गरेरै अर्को निर्वाचित सभा नबनेसम्म पुरानै कायम राख्ने सहमति भएको हो’, उनले भने, ‘बरू निर्वाचन घोषणा भएपछि संसद निष्क्रिय राखौं र तलबभत्ता नदिऊॅ–नलिऊॅ तर राजनीतिक रिक्तता सिर्जना नगरौं !’
संसदको कार्यकाल कहिलेसम्म भन्ने बहस सिर्जना भइरहेका बेला भट्टराईको यस्तो भनाइ बाहिर आएको हो ।