एजेन्सी । भारतले एसिया कप सुपर-४ को खेलमा पाकिस्तानलाई एक सय ८२ रनको लक्ष्य दिएको छ ।
पूर्व कप्तान विराट कोहलीको अर्धशतकको मद्दतले भारतले पाकिस्तानलाई एक सय ८२ रनको लक्ष्य दिएको हो ।
कोहलीले ६० रन बनाएपछि भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाउन सक्यो ।
भारतका लागि ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्माले समान २८/२८ रन बनाए ।
दीपक हुडाले १६ तथा ऋषव पन्तले १४ रनको योगदान दिए । पाकिस्तानका लागि सदाब खानले २ विकेट लिए । अहिले पाकिस्तानले जवाफी व्याटिङ गरिरहेको छ ।