Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भलोदिमिर जेलेन्स्की भन्छन् - रुस युरोपका नागरिकको जिन्दगी तहसनहस गर्न चाहन्छ

एजेन्सी । रुसले प्रत्येक युरोपेली नागरिकको सामान्य जीवन नष्ट गर्न चाहेको युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

राष्ट्रको नाममा नियमित सम्बोधन गर्ने क्रममा शनिबार उनले भने,'रुसले क्षेप्यास्त्रबाट अझै आक्रमण गर्न नसकेका क्षेत्रमा गरिबी र राजनीतिक समस्याबाट आक्रमण गर्ने प्रयास गरिरहेको छ ।'

रुसले पूर्वनिर्धारित योजनाअनुरूप युरोपतर्फ जाने प्रमुख ग्यास पाइपलाइन नखोलिने बताएको केही घन्टापछि जेलेन्स्कीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

युरोपले युक्रेन युद्धको दौरानमा रुसले ग्यास आपूर्तिको विषय युरोपलाई ब्ल्याकमेल गर्न प्रयोग गरिरहेको आरोप लगाउने गरेको छ । तर, मस्कोले भने यो आरोप अस्वीकार गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077