Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमालेसँग गठबन्धन गर्ने ठोस निर्णय भएको छैन : राजेन्द्र लिङ्देन

नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेसँग गठबन्धन गर्ने बताएका छन् ।

नेपालगञ्जमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै लिङ्देनले यस्तो बताएका हुन् ।

उनले पार्टीको आवश्यकताअनुसार गठबन्धनका लागि एमालेसँग सहकार्यका लागि छलफल अघि बढेको बताए।

लिङ्देनले भने, ‘समाचारको रूपमा सुनाउने गरेर ठोस निर्णय भएको छैन, एमालेसँग केही छलफल भएको छ, कुनै ठोस आकार लिएको छैन ।’

एमालेसँग गठबन्धन गर्ने विषयमा ठोस प्रगति भने भइनसकेको लिङ्देनले बताए । एमाले र राप्रपाबीच १० वटा सिटमा तालमेल गर्ने गरी छलफल अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077