Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काठमाडौं महानगरले सुरु गर्‍याे लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न घरदैलो अभियान

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगुको संक्रमण नियन्त्रणका लागि घरदैलो अभियानलाई निरन्तरता दिएको छ।

डेङ्गी एडिज जातको संक्रमित लामखुट्टेले मान्छेलाई यो रोग सार्ने भएकोले यसबाट बच्नु नै सबैभन्दा भरपर्दो उपाय हुने स्वास्थ्यकर्मीहरूले बताएका छन्।

महानगरले भदौ १३ गते सबै वडा क्लिनिकका इञ्चार्जहरुलाई बोलाएर डेंगु रोकथाम र नियन्त्रणका लागि प्रशिक्षण सञ्चालन गरेको थियो। त्यसको भोलिपल्ट अर्थात् भदौ १४ गतेबाट जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय संघ संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रियात्मक प्रशिक्षण गरेर घरदैलो कार्यक्रम सञ्चालन भइरहेको छ।

घरदैलो कार्यक्रममा पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फुलदानी, कुलर, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँको सरसफाइ गर्न सिकाइने महानगरले जनाएको छ।

सोमबारदेखि प्रयोगशाला भएका वडाहरुमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट सुरु हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077