Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्ड भन्छन् - शैक्षिक क्षेत्रलाई सीपसँग जोडनुको विकल्प छैन

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा क्षेत्रको सुधारविना नेपाली समाजलाई सम्मृद्ध र सुसंस्कृत बनाउन नसकिने बताएका छन् ।

सोमबार महोत्तरीको खैरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालयको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले भने, ‘शैक्षिक क्षेत्रलाई सीपसँग जोडनुको विकल्प छैन् । वर्तमान २१ औ शताब्दीमा विश्वका शैक्षिकस्तरसँग नेपालको शिक्षास्तरलाई तुलानात्मक रुपमा अगाडि बढाउनुपर्छ ।’

प्रचण्डले सम्मृद्धिको प्रमुख आधार नै शिक्षा भएको बताए । प्रचण्डले २०७४ को निर्वाचनमा आफुहरुले शिक्षालाई उच्च महत्व दिने र २० प्रतिशत लगानी गर्नुपर्ने भनेर प्रतिवद्धतासहित घोषणापत्र बनाएपनि त्यो व्यवहारमा हुन नसकेको बताए ।

शिक्षा क्षेत्रलाई सुधारेर उत्पादनमुखी बनाउन सकेमात्र समाजवादमा पुग्न सकिने प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077