Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एकीकृत समाजवादीका गुल्मी अध्यक्ष र इञ्चार्ज एमालेमै फर्किए

गुल्मी । नेकपा एकीकृत समाजवादीको गुल्मी अध्यक्ष, प्रदेश इन्चार्ज लगायतका नेताहरु नेकपा एमाले फर्किएका छन् ।

सोमबार नेकपा एमाले गुल्मी जिल्ला पार्टी कार्यालयमा कार्यक्रममा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी, जिल्ला इञ्चार्ज गणेश खनाल, लुम्बिनी प्रदेश कमिटी सदस्य हिमाल थापा, मुसिकोट नगर कमिटी अध्यक्ष मदन घिमिरेसहितका नेता कार्यकर्ता एमालेमा फर्किएका हुन् ।

उनीनहरुलाई नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली र सचिव गोकर्णराज बिष्टले स्वागत गरेका हुन् ।

कार्यक्रममा एकीकृत समाजवादी गुल्मी अध्यक्ष नरेश भण्डारीले बिग्रेको घरलाई मर्मत गरेर अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077