Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फाइजर खोप अभियानको प्रतिवेदन पठाउन स्वास्थ्य मन्त्रालयको पत्राचार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध फाइजर खोप अभियानको प्रतिवेदन पठाउन २७ जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्राचार गरेको छ ।

स्वास्थ्य सेवा विभागले २७ जिल्लाका २९६ स्थानीय तहमध्ये ५५ वटा स्थानीय तहबाट खोपको पहिलो मात्रा र १५९ वटा स्थानीय तहबाट दोस्रो मात्राको प्रतिवेदन प्रविस्ट नभएको भन्दै पत्राचार गरेको हो ।

इलाम, झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनुषा,पर्सा, महोत्तरी, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर,काभ्रे, चितवन, मकवानपुर, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली , कंचनपुर र डडेलधुराका स्वास्थ्य कार्यालयले प्रतिवेदन पठाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077