Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जान्छौं : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक यस पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बताएका छन् ।

सोमबार जनकपुरधाममा मधेस प्रदेशमा रहेका माओवादीका केन्द्रीय सदस्यहरुको बैठक सहभागी हुन गएका उनले यस्तो बताएका हुन् ।

प्रचण्डले संविधानतः राष्ट्रपतिलाई एक पटकमात्र विधेयक फिर्ता गर्ने अधिकार रहेकाले अब प्रमाणीकरण हुनेमा ढुक्क रहेको बताए ।

उनले भने, ‘दुवै सदनबाट पारित भएर राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि नागरिकता विधेयक गइसकेको छ, उहाँले पारित गर्नुपर्ने हुन्छ, तर एक पटक फिर्ता गरेपछि राष्ट्रपतिले अब अर्को पटक फिर्ता गर्ने अधिकार छैन ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले यस पटक पनि नागरिकता विधेयक प्रमाणीकरण गर्न आलटाल गरेमा अदालतमा जाने चेतावनीसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077