Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

संसदको म्याद थप्नेबारे निर्वाचन आयोगको आपत्ती (विज्ञप्तिसहित)

काठमाडौं । निर्वाचन आयोगले संसदको कार्यकाल संशोधन गर्न विधेयक पेश भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संसदको म्याद निर्वाचनपछिसम्म कायम हुनेगरी संसदमा विधेयक पेश भएको छ। सो विधेयक फास्ट ट्रयाकबाट पास गर्ने तयारी छ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै निर्वाचन ऐन २०७४ मा हाल कायम रहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकालको सम्बन्धमा व्यवस्था गरी संघीय संसदमा विधेयक पशे भएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ।

कानुन संशोधन गर्दा अन्यौलता उत्पन्न हुने भन्दै आयोगले निर्वाचनसम्बन्धी कानुन निर्माण तथा संशोधनको प्रकृया अघि नबढाउ आग्रह गरेको छ।

निर्वाचन आयोगको परामर्शमा सरकारले मंसिर ४ मा हुने निर्वाचनको मिति घोषणा गरेको आयोगले स्पष्ट पारेको छ।

यस्तो छ आयोगको प्रेस वक्तव्य:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077